after_navbar

दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप


माघ ०७, २०८२


काठमाडौं,६ माघ झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि स्थिति तनावग्रस्त बनेको हो।

ad

झापा–५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालय पुगेको बेला रास्वपाका कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए।

त्यसपछि दुवै पक्षबीच धकेलाधकेल हुँदै झडप भएको बताइएको छ। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="