after_navbar

तीन लाख नाघ्यो सुनको मूल्य


माघ १०, २०८२


काठमाडौँ ,९ माघ । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला ९ हजार २०० रुपैयाँले बढ्दै तीन लाख नाघेको हो।

ad

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँले बढी हो। यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ र चाँदी ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार सुन २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ९६० अमेरिकी डलर आसपास कारोबार भएको बताइएको छ, जसको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="