after_navbar

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीसहित तीनजना घाइते


माघ १०, २०८२


दाङ,९माघ । तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीसहित तीन जना घाइते भएका छन्।

ad

शुक्रबार दिउँसो करिब पौने २ बजे तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प ६४३१ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेर तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ३३ वर्षीया रमा चौधरी गम्भीर घाइते भएकी छन्। उनको टाउको, मुख, हात र खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–४ बनहरी निवासी २३ वर्षीय अरुण चौधरी र पछाडि सवार तुलसीपुर–५ बसपार्क निवासी २० वर्षीय आभास केसी पनि घाइते भएका छन्। आभास केसीको दाहिने हातमा चोट लागेको छ भने अवस्था सामान्य रहेको जनाइएको छ।

घाइतेहरूलाई राप्ती लाइफ केयर, मोतिपुर दाङमा उपचारका लागि लगिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय पर्सेनी दाङको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="