दाङ, १२ माघ । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोराहीमा आइतबार सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएका छन्। प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान गरेकोमा ६ मत बदर भएको थियो।
त्यसैगरी, नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मतदातामध्ये २०८ जनाले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए। तीमध्ये १० मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख पदाधिकारी मतदाता रहेको उक्त निर्वाचनमा १६ मत बदर भएपछि राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी सुरु भएको छ। यस सन्दर्भमा प्रमुख राजनीतिक दलका प्रदेश तथा स्थानीय तहका नेताहरूले बदर मतको घटनालाई सामान्य रूपमा लिन नहुने बताउँदै निर्वाचनको मत परिणामलाई सूक्ष्म रूपमा विश्लेषण गरी निष्कर्षमा पुगेर त्यसैअनुसार धारणा बनाउनुपर्ने बताएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस