after_navbar

निर्वाचनका लागि १९ अर्ब १५ करोडको स्रोत सहमति: ६ अर्ब ३६ करोड निकासा


४ घण्टा अगाडि


काठमाडौं,१६ माघ । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ।

ad

अर्थ मन्त्रालयका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगलाई १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँको स्रोत सहमति दिइएको थियो।

त्यसपछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँको स्रोत सहमति प्रदान गरिएको छ। यसरी निर्वाचन आयोगलाई कूल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति दिइएको मन्त्रालयले जनाएको छ।

निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो भने हालसम्म आयोगलाई मात्र ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको तथ्यांकमा उल्लेख छ।

निर्वाचन प्रयोजनका लागि सुरक्षा निकायलाई पनि ठूलो मात्रामा बजेट व्यवस्था गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँको स्रोत सहमति दिइएको छ। यस्तै, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको थियो।

गृह मन्त्रालय र मातहतका निकायलाई १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ। साथै, २० पुसमा नेपाली सेनालाई थप १ अर्ब ९४ करोड रुपैयाँ बराबरको स्रोत सहमति उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="