after_navbar

चुनावमा ड्रोन प्रयोगमा प्रतिबन्ध


२१ घण्टा अगाडि


काठमाडौँ,२५ माघ । सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाएको छ।

ad

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार निर्वाचनका क्रममा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको जानकारी दिए।

प्रवक्ता काफ्लेले हाल सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने पनि बताए।

गृह मन्त्रालयले सबै सुरक्षा निकाय तथा प्रशासनिक संयन्त्रलाई निर्वाचन सुरक्षामा कुनै पनि कमी हुन नदिन र चुस्त व्यवस्थापनमा लाग्न निर्देशन दिएको छ।

साथै मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष ध्यान दिन अनुरोध गर्दै मित्थ्या, भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउने किसिमका सूचना प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ। यस्ता गतिविधिमा संलग्न भए कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="