after_navbar

दलित अधिकारसम्बन्धी विधेयक आगामी अधिवेशनमा पेश गर्ने तयारी


माघ २, २०८२


काठमाडौँ,२८ माघ । अर्थमन्त्री रामेश्वर खनालले दलित समुदायको हकअधिकार तथा विकाससम्बन्धी विधेयक आगामी संघीय संसद् अधिवेशनमा पेश गर्ने तयारी भइरहेको बताएका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको प्रश्न–उत्तर कार्यक्रममा उनले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१’ का आधारमा विधेयक तर्जुमा प्रक्रिया अघि बढाइएको जानकारी दिए।

मन्त्री खनालका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८२ पुस २८ गते उक्त विधेयकको सिद्धान्त स्वीकृत भइसकेको छ। सोही अवधारणापत्रका आधारमा विधेयकको मस्यौदा तयार गर्न नेपाल कानून आयोगसँग परामर्श प्रक्रिया सुरु गरिएको उनले बताए।

लिखित अनुरोध गर्नुअघि कानून आयोगसँग मौखिक परामर्श गर्ने सहमति भएको उल्लेख गर्दै उनले मौखिक परामर्श सम्पन्न भएपछि लिखित रूपमा आग्रह गरिने जानकारी दिए। आयोगले लिखित अनुरोध प्राप्त भएपछि विधेयक तर्जुमा गर्ने जनाएको मन्त्री खनालको भनाइ छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल कानून आयोगलाई विधेयक मस्यौदा तयार गर्न लिखित अनुरोध पठाइने तयारी गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

data-href="