after_navbar

सर्वोच्च अदालतले माग्यो निर्वाचन आयोगसँग लिखित जवाफ


१५ घण्टा अगाडि


काठमाडौँ,१४ फागुन । विदेशी पुरुषसँग विवाह गरेका महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको छ।

ad

अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले प्रत्यक्ष र समानुपातिक दुवैतर्फका यस्ता उम्मेदवारहरूको सूची सार्वजनिक नगर्नुको कारण पेस गर्न आयोगलाई निर्देशन दिएको हो।

कानुनअनुसार कुनै उम्मेदवारले झुटो विवरण दिएर नाम दर्ता गरेको पाइएमा त्यसविरुद्ध उजुरी दिन सकिने व्यवस्था छ। तर विवरण सार्वजनिक नभए उजुरी गर्ने अधिकार प्रभावित हुने दाबी रिटमा गरिएको छ।

‘मतदाता नामावली ऐन, २०७३’ मा झुटो विवरण दिएर नाम समावेश गरेको पाइएमा जोसुकैले पनि उजुरी दिन सक्ने प्रावधान रहेको उल्लेख गर्दै रिटमा उम्मेदवारहरूको पारिवारिक तथा व्यक्तिगत विवरण पारदर्शी बनाउन माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="