after_navbar

‘जेनजी आन्दोलन’ छानबिन प्रतिवेदनः दोषीमाथि कारबाहीको सिफारिस


२४ घण्टा अगाडि


काठमाडौं ,२४ फागुन। गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ घटनाबारे छानबिन गर्न गठित न्यायिक आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

ad

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला कार्की लाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष कार्कीले घटनाका जिम्मेवार व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सिफारिस गरिएको जानकारी दिए।

उनले भने, “२३ गतेको घटनामा जो–जो दोषी छन् र जसका कारण हाम्रा किशोरहरूको मृत्यु भयो तथा उनीहरू सहिद बने, ती सबैमाथि कानुनी कारबाही गर्न सिफारिस गरेका छौँ। सिफारिसमा गोली हान्ने, हान्न लगाउने र गोली नरोक्ने सबै समेटिएका छन्।”

पत्रकारले “ठ्याक्कै कति जनालाई कारबाही सिफारिस गरिएको होरु” भनी सोध्दा अध्यक्ष कार्कीले स्पष्ट संख्या भने खुलाउन चाहेनन्।

त्यसैगरी “तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीलाई पनि कारबाही सिफारिस गरिएको हो ?” भन्ने प्रश्नमा उनले प्रत्यक्ष नाम नलिँदै भने, “हामीले जो–जो जिम्मेवार छन्, उनीहरूलाई कारबाही गर्न सिफारिस गरेका छौँ। को–को छन् भन्ने कुरा अब सरकारले सार्वजनिक गर्छ।”

प्रतिवेदन बुझाउन ढिलाइ भएको विषयमा भने उनले निर्वाचन परिणामसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारे। अध्यक्ष कार्कीका अनुसार केही काम बाँकी रहेका कारण प्रतिवेदन बुझाउन ढिलाइ भएको हो।

“निर्वाचनअघि प्रतिवेदन सार्वजनिक गर्दा त्यसले चुनावमा असर पार्न सक्छ भन्ने कुरा पनि उठेको थियो,” उनले भने।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="