after_navbar

वन सम्बन्धि ‘जेड्सी’ रणनीति कार्यान्वयन


३ घण्टा अगाडि



काठमाडौँ ,२९ फागुन । वन तथा वातावरण मन्त्रालय ले ‘वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना २०८२–२०९१ (जेड्सी)’ लागू गरेको छ।

ad

फागुन १५ गते स्वीकृत भएको उक्त रणनीति सार्वजनिक गर्दै माधवप्रसाद चौलागाईं ले वन क्षेत्रमा लैङ्गिक सहभागिताले महिलाको नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुर्‍याएको बताए। उनले रणनीतिलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिए।

मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा ले रणनीति कार्यान्वयनलाई सम्बन्धित निकायको मुख्य दायित्व रहेको बताए।

रणनीतिमा ७४ वटा कार्ययोजना समेटिएका छन्। यसअनुसार प्रत्येक पाँच वर्षमा रणनीति पुनरावलोकन गर्ने र तीन वर्षमा वन क्षेत्रमा लैङ्गिक मूलप्रवाहीकरणसम्बन्धी राष्ट्रिय कार्यशाला आयोजना गर्ने व्यवस्था गरिएको छ।

यस्तै महिला कर्मचारीका लागि वन परिसरमा शिशु स्याहार केन्द्र स्थापना, सरुवा गर्दा दुई वर्षसम्म साना बच्चा भएका कर्मचारीलाई प्राथमिकता दिने, दम्पतीलाई सम्भव भएसम्म एउटै जिल्लामा सरुवा गर्ने तथा कार्यालयहरूलाई महिला र अपाङ्गमैत्री बनाउने व्यवस्था रणनीतिमा समावेश गरिएको छ।

कार्यक्रममा पार्वता गौतम, राकेश कर्ण, डा. घनश्याम गुरुङ र कञ्चन लामा लगायतले रणनीतिको महत्वबारे धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="