after_navbar

बाँसबाट सामाग्री निर्माण तालिम सुरु


चैत २५, २०८२


दाङ,२५ चैत । दाङमा बाँसबाट विभिन्न सामग्री निर्माण तालिम सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ स्थित वडाकार्यालय तकियापुरमा मंगलबारदेखि एक महिनाका लागि बाँसको चोयाबाट सामाग्री निर्माण सम्बन्धि तालिम सुरु भएको छ। तालिम चैत २४ गतेदेखि बैशाख २३ गतेसम्म जारी रहनेछ।

तालिम थर्ड आई नेपाल को आयोजना तथा पर्यटन डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोग र तुलसीपुर–२ को सहकार्यमा उक्त तालिम सुरु भएको हो।

तालिम उद्घाटनका अवसरमा वडाध्यक्ष भिमबहादुर योगीले स्थानीय बाँसको सदुपयोग गर्दै फुर्सदको समय सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गरेका थिए। उनले पुर्खाले बनाएका मोका, सुपो, डोको, डालो जस्ता सामाग्री लोप हुँदै गएको उल्लेख गर्दै नयाँ पुस्ताले बाँसको सीप सिक्नुपर्ने बताए।

पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख मुक्तिप्रशाद पाण्डेले प्लाष्टिकको विकल्पका रूपमा बाँसको सामाग्री निर्माण उपयोग गर्नुपर्ने बताए। उनले तालिमबाट सिकेका सीपलाई भान्सादेखि बजारसम्म प्रयोग गर्न सकिने र आयआर्जनमा समेत सहयोग पुग्ने बताए।

तालिमका प्रशिक्षक बृषराज बिकले रेडिमेड र आयातित सामाग्रीको प्रयोगले पूर्खाको सीप लोप हुने अवस्था आउँदै गरेको बताउँदै, तालिमबाट आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए।

पूर्व शिक्षक अम्बिका योगीले पुर्खाको बाँस सीप नयाँ पुस्तामा लैजानुपर्ने आवश्यकता औंल्याए। तालिममा स्थानीय २५ जना महिला सहभागी छन्।

प्रतिक्रिया दिनुहोस

data-href="