after_navbar

सल्यानमा ट्र्याक्टर दुर्घटनाः चालकको मृत्यु , दुई घाइते


२ घण्टा अगाडि


दाङ, २५ वैशाख । सल्यानमा ट्र्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी १७ वर्षीय चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्लाको दार्मा गाउँपालिका–२ का चालक प्रदीप विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि उद्धार गरी थम्के सल्ली स्वास्थ्य चौकी दार्मामा पुर्‍याइए पनि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा दार्मा–२ का २२ वर्षीय विशाल विक र १७ वर्षीय टेकबहादुर विक घाइते भएका छन्। प्रहरीका अनुसार विशालको अवस्था मध्यम रहेको र थप उपचारका लागि बाँके पठाइएको छ भने टेकबहादुरको अवस्था सामान्य रहेको छ र दार्मामै उपचार भइरहेको छ।

दिउँसो करिब साढे १ बजे रा १ त ४४९५ नम्बरको खाली ट्र्याक्टर फारुलाचौरबाट भुसखोलातर्फ जाँदै गर्दा भुसखोला नजिकै सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="