after_navbar

पहिरोले विद्यालयमा क्षति


२ घण्टा अगाडि


हुम्ला,६ जेठ।हुम्लामा पहिरो जादा विद्यालय र गोठमा क्षति पुगेको छ। जिल्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुगेको हो।

अचानक परेको असिनापानीपछि आएको पहिरोले विद्यालयसँगै खेतीयोग्य जमिन र गोठमा पनि क्षति पुर्‍याएको स्थानीय छक्कबहादुर तामाङले जानकारी दिएका छन्।

पहिरोका कारण वडा नम्बर ५ का वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पुरिएका छन्। गोठमा रहेका भेँडाबाख्रामा पनि क्षति पुगेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार क्षतिको यकिन विवरण भने आउन बाँकी छ। प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

सिमकोट भन्दा उत्तरपूर्वमा पर्ने चङ्खेली गाउँपालिकामा तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन्। नेप्का गाउँ पुग्न गाउँपालिका केन्द्र पिप्लाङबाट करिब पाँच घण्टा पैदल हिँड्नुपर्छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="