after_navbar

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


१ घण्टा अगाडि


रोल्पा ,१८ जेठ । रोल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको माडी गाउँपालिका–४ तार्केवाङस्थित स्याङखोलामा ३९ वर्षीय हरि बहादुर घर्ती मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो उनी र ३४ वर्षीय चालक कर्मलाल घर्ती मगर गाडी धुन खोलामा गएका थिए। गाडी धुँदै गर्दा हरि बहादुर करिब १५० मिटर टाढा माछा मार्न गएका बेला आफूसँग ल्याएको १२ भोल्टको ब्याट्री प्रयोग गर्दा करेन्ट लागेर ढलेका थिए।

बाख्रा गोठालाले उनलाई अचेत अवस्थामा देखेपछि घटनाबारे जानकारी गराएका थिए। घटनास्थलमै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। प्रहरीले चालक, पिकअप गाडी, ब्याट्री र तार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="