दाङ ,१९ जेठ । तुलसीपुरबाट प्रहरीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।
सोमबार राति करिब ९:४५ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले वडा नं. ६ झुमरे क्षेत्रमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा घरबाट लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए।
पक्राउ पर्नेमा तुलसीपुर–६ का २५ वर्षीय पवित्र डाँगी, २६ वर्षीय गोविन्द बुढा मगर, तुलसीपुर–७ का ३० वर्षीय कमल केसी र २७ वर्षीय रिगल महतरा क्षेत्री रहेका छन्।
उनीहरूको साथबाट १० ग्राम १९० मिलिग्राम ब्राउन सुगर, ८ थान मोबाइल र ३ हजार ८४५ रुपैयाँ नगद बरामद भएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस