कपिलवस्तु,२२ जेठ । अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाले विद्यालयमा बिदा दिएको छ।
नगरपालिकाले सूचना जारी गर्दै जेठ २५ देखि २७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। पछिल्ला केही दिनदेखि बढेको गर्मीका कारण जनजीवन प्रभावित भएको छ। बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए।
मेयर सुदीप पौडेलले पनि गर्मीका कारण पढाइ सञ्चालन गर्न गाह्रो भएको भन्दै बिदा दिनुपरेको बताए। नगर शिक्षा शाखाका अनुसार यो बिदा पछि बर्खे बिदाबाट मिलान गरिनेछ।
कपिलवस्तुका धेरै विद्यालयमा टिनको छानो भएकाले कक्षाकोठा निकै तातो हुने गरेको छ। त्यसका कारण साना कक्षाका विद्यार्थीहरू बेहोस हुनेजस्ता समस्या देखिन थालेपछि बिदा दिइएको शिक्षकहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस