after_navbar

वाइसीएल दाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग


जेठ २२, २०८३


दाङ,२२ जेठ । योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल दाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ।

प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै वाइसीएलले प्रधानमन्त्रीले नेपालले पनि भारतको जमिन मिचेको भनेको भन्दै विरोध गरेको हो।

वाइसीएल दाङका इन्चार्ज नेवबहादुर जीसी (मार्शल) को हस्ताक्षरमा तयार गरिएको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेमार्फत प्रधानमन्त्री कार्यालय, सिंहदरबार पठाइएको छ।

पत्रमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत र गैरजिम्मेवार भएको आरोप लगाइएको छ। साथै, सरकार जनताभन्दा सामाजिक सञ्जालमा बढी केन्द्रित भएको दाबी गरिएको छ।

वाइसीएलले प्रधानमन्त्रीले तत्काल माफी मागेर पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ।
ज्ञापनपत्र बुझाउन केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश सहइन्चार्ज अमर चन्द (माइकल), जिल्ला अध्यक्ष इराक घर्ती र सचिव विप्लव वलीलगायतको टोली सहभागी थियो।

प्रतिक्रिया दिनुहोस

data-href="