after_navbar

लुम्बिनीमा पाँच मन्त्रीले लिए शपथ


जेठ २५, २०८३


दाङ,२५ जेठ ।लुम्बिनी प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उनीहरूलाई शपथ गराएका हुन्।

यसअघि नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री नियुक्त भएका थिए।

पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेका रुपन्देहीका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, अर्घाखाँचीका रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य, बाँकेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा गुल्मीका डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।


मुख्यमन्त्री चेतनाथ आचार्यले २० गते मन्त्रीहरूको सिफारिस गरे पनि प्रदेश प्रमुख बाहिर रहेकाले आज मात्र शपथ कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस

data-href="