after_navbar

लुम्बिनी प्रदेश सभा बैठक स्थगित


११ घण्टा अगाडि


दाङ,२१ असार ।लुम्बिनी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि स्थगित भएको छ।

आइतबार दिउँसो बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक इन्द्रजित थारुले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाए।

उनले बजेट विभेदपूर्ण रहेको, विपक्षी दलका सुझाव बेवास्ता गरिएको र जनताको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाउँदै बैठक बहिष्कार गरिएको बताए ।

थारुको धारणा पश्चात् प्रमुख प्रतिपक्षसहित अन्य प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए। त्यसलगत्तै सभामुख तुलाराम घर्तीमगरले सदनमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे।

आजको बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="