बझाङ,२७ असार ।बझाङमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। जिल्लाको केदारस्यु गाउँपालिका -७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्र अन्तर्गत भित्री सडक खण्डमा जिप दुर्घटना भएको हो ।
जिप दुर्घटनामा परेर दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका–७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका–६ की कुटुरीदेवी महतको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते हुनेहरूमा दुर्गाथली गाउँपालिका–६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्यु गाउँपालिका–७ का जिप चालक देवबहादुर धामी रहेका छन्।
अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि रिफर प्रहरीले जनाएको छ। जिप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस