after_navbar

एसइई पूरक नतिजा : ६४.६८% विद्यार्थी उत्तीर्ण


१० घण्टा अगाडि


काठमाडौ,२३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षामा सहभागीमध्ये ६४.६८ प्रतिशत अर्थात् ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण भएका छन्।

असार १ देखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षाका लागि १ लाख ४६ हजार ५०७ जनाले आवेदन दिएका थिए। तीमध्ये १ लाख २९ हजार ११४ जना मात्रै परीक्षामा सहभागी भएका थिए।

विद्यार्थीले बोर्ड र कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट, एसएमएस, युएसएसडी तथा आइभीआरमार्फत नतिजा हेर्न सक्नेछन्। सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरेर ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको छ।

नतिजाप्रति चित्त नबुझेका विद्यार्थीले असार २५ देखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="