after_navbar

लुम्बिनी प्रदेश : आज चार मन्त्रालयको बजेटमा छलफल


१५ घण्टा अगाडि


दाङ,२३ असार । लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि समूहीकृत छलफललाई निरन्तरता दिइनेछ।

बैठकको सुरुमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय र मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

त्यसपछि भौतिक पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग, पर्यटन तथा यातायात तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकहरूमाथि समूहीकृत छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="