after_navbar

मौद्रिक नीति सार्वजनिक:कर्जा ११% बढाउने लक्ष्य


८ घण्टा अगाडि


काठमाडौ २३ असार ।नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।

मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले वृद्धि गर्ने र मुद्रास्फीति ५.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य तय गरेको छ।

गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी वर्ष पनि निरन्तरता दिइएको बताए। उनका अनुसार बैंक तथा वित्तीय संस्थालाई शाखा विस्तार र समायोजन गर्न सहज बनाइने व्यवस्था गरिएको छ।

नीतिले बैंक तथा वित्तीय संस्थाको सञ्चालन लागत घटाउनेतर्फ पनि ध्यान दिएको छ। साथै बैंक दर, नीतिगत दर, निक्षेप सङ्कलन दर, अनिवार्य नगद मौज्दात (CRR) र वैधानिक तरलता अनुपात (SLR) हालकै दरमा यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="