after_navbar

चट्याङ लागेर एक युवकको मृत्यु: दुई घाइते


१५ घण्टा अगाडि


जुम्ला,१८ असार । जुम्लामा चट्याङ लागेर एक युवककी मृत्यु भएको छ। दुई जना घाइते भएका छन् । जिल्लाको हिमा गाउँपालिका-२ स्थित छोटा खर्क पाटनमा चट्याङ लागेर उक्त घटना भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ करिब ५ः३५ बजे एनसेल टावर नजिक भेडा गोठालो गएका स्थानीय करिब १९ वर्षीय रवीन्द्र रावत माथि चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। प्रहरीका अनुसार दुवैको अवस्था सामान्य रहेको छ।

चट्याङका कारण केही भेडाबाख्रा समेत मरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि कति संख्यामा पशुचौपाया क्षति भए भन्ने यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

स्थानीय रंगबहादुर रोकायाले राति करिब ८ः३० बजे प्रहरी चौकी बड्कीमा घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="