after_navbar

सल्यानमा ६ नाल अवैध भरुवा बन्दुक फेला


१२ घण्टा अगाडि


दाङ,५ साउन । जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न स्थानका सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ६ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।


प्रहरीका अनुसार वनगाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनबाट चार नाल र छत्रेश्वरी गाउँपालिका–१ को जुगेखोला सामुदायिक वनबाट दुई नाल गरी जम्मा छ वटा भरुवा बन्दुक फेला पारिएको हो।


सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार ‘सामुदायिक वनमा अवैध बन्दुक लुकाइ राखिएको छ’ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमाचौर बाट खटिएको टोलीले संयुक्त रूपमा खोजतलास गर्दा उक्त बन्दुकहरू बरामद गरिएको हो।


बरामद गरिएका बन्दुक कसले र कुन उद्देश्यले त्यहाँ लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="