after_navbar

तीन दिनमा जीवनभर नभएको निन्दा खेपेंः सभापति थापा


१० घण्टा अगाडि


काठमाडौ,३१ साउन। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तीन दिनमा जीवनभर नभएको निन्दा खेप्नुपरेको बताएका छन्। सभापति थापाले संस्थापन इतर समूहको तीनदिने भेलामा आफ्नो चर्को आलोचना भएकोप्रति असन्तुष्टि जनाउँदै यस्तो बताएका हुन्।

सभापति थापाले यस विषयमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट आफ्नो विस्तृत धारणा सार्वजनिक गर्ने पनि बताएका छन्। उनले सञ्चारकर्मीलाई इतर समूहको भेलाबारे अहिले धेरै प्रश्न नगर्न आग्रह गर्दै भने,- ‘मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ। कसले कति निन्दा गरेको छ, त्यो जीवनमा नभएको निन्दा यी तीन दिनमै आयो।’

काठमाडौंमा सम्पन्न कांग्रेस इतर समूहको तीनदिने भेलामा सहभागी अधिकांश नेताले सभापति थापाको कार्यशैलीप्रति चर्को आलोचना गरेका थिए।

सभापति थापाले राजनीतिमा सफलताको मापन पद वा सत्ता प्राप्तिलाई मात्र मान्न नहुने बताए। पार्टीलाई वास्तविक राष्ट्रिय शक्ति बनाउन उच्च नैतिक बल र कार्यकर्ताको त्यागलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

‘सफलताको मानक कसले कति सत्ता पायो भन्ने मात्र होइन,’ उनले भने, -‘लेखक धर्म गौतमको राजनीतिक जीवन यस अर्थमा सफल छ कि उहाँसँग उच्च नैतिक बल छ, जुन पदमा बस्नेहरूसँग नहुन सक्छ।’थापाले पार्टीभित्र देखिएका मतभेद र आलोचनाबारे आफूले सोमबार सानेपाबाट विस्तृत रूपमा धारणा सार्वजनिक गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="