after_navbar

एएनपीआर क्यामेरा प्रहरीलाई हस्तान्तरण


२४ घण्टा अगाडि


दाङ,३ भदौ । स्थानीय सरकारको स्वामित्वमा रहने गरि तुलसीपुर उद्योग वाणिज्यसंघले एएनपीआर क्यामेरा प्रहरीलाई हस्तान्तरण गरेको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघले वीरेन्द्र चोकमा जडान गरेको एएनपीआर क्यामरा इलाका प्रहरी कार्यालय तुलसीपुरलाई हस्तान्तरण गरेको हो । क्यामरा तुलसीपुर उपमहानगरपालिकाको स्वामित्वमा रहने गरी हस्तान्तरण गरिएको हो।

क्यामरा हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले प्रविधिको प्रयोगमार्फत तुलसीपुरको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने गरी काम भइरहेको बताए।

उनका अनुसार नगरपालिकाले सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउन सीसी क्यामरा, हाइमास्ट लाइटलगायतका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ। तुलसीपुरलाई सुरक्षित र व्यवस्थित शहर बनाउन स्थानीय सरकार, प्रहरी, व्यवसायी तथा अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए।

क्यामरा हस्तान्तरण कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीलगायतको उपस्थिति थियो।

एएनपीआर क्यामरा सञ्चालनमा आएपछि सवारीसाधनको नम्बर पहिचान र निगरानी गर्न सहज हुने तथा अपराध नियन्त्रण र सुरक्षा व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="