after_navbar

ट्र्याक्टर र अटो ठोक्किँदा अटो चालकको मृत्यु


४ घण्टा अगाडि


दाङ,४ भदौ । दाङमा ट्र्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा बिहीबार बिहान पौने ३ बजे मृत्यु भएको हो।

प्रहरीका अनुसार बुधबार बेलुका करिब ८ बजे घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सौडियारबाट सर्रातर्फ जादै गरेको रा.१ त ३७०९ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ह १९२९ नम्बरको अटो ठोक्किएका थिए।

दुर्घटनामा अटोमा सवार घोराही-५ बसन्तपुरका ४० वर्षीय खिमराज केसी र सोही ठाउँका ४० वर्षीय तिलक केसी घाइते भएका छन्। उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले ट्र्याक्टर चालक घोराही-१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="