after_navbar

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत


१ घण्टा अगाडि


काठमाडौ,१८ भदौ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समिति बैठकले प्रहरी नियमावलीअनुसार प्राप्त हुने सेवासुविधाका अतिरिक्त राहतस्वरूप मृतक प्रहरी कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

त्यस्तै, दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय भएको छ। परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गर्ने र मृतक प्रहरीका सन्ततिलाई नेपाल प्रहरी स्कुलमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीपछि हालसम्म २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।

प्रतिक्रिया दिनुहोस

data-href="