after_navbar

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३४४ पुग्यो


२ घण्टा अगाडि


काठमाडौ,२० भदौ ।रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ।

नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’अनुसार शनिबार बिहान ५ बजेसम्म १ हजार ३४४ शव फेला परेका छन्।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष छन्। त्यस्तै, आंशिक अंग फेला परेका ५०१ शव रहेको प्रहरीले जनाएको छ।

बाढीपछि अझै ४ हजार ८९८ जना सम्पर्कविहीन रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ। सुरक्षाकर्मीले हालसम्म ८ हजार ६३१ जना बाढी प्रभावितको उद्धार गरेका छन्।

बाढीमा परी २५ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन छन् भने ६५ जना प्रहरी कर्मचारी प्रभावित भएको प्रहरीले जनाएको छ।

खोज, उद्धार तथा राहत कार्यका लागि हालसम्म ७ हजार ९१२ जना सुरक्षाकर्मी तथा अन्य जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="