after_navbar

प्रधानमन्त्री दैवीप्रकोप कोषमा रास्वपा तुलसीपुरको १ लाख ११ हजार सहयोग


१ घण्टा अगाडि


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर उपमहानगरपालिका समितिले प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्र तथा पीडित नागरिकको राहत र पुनःस्थापनाका लागि नगर समितिको तर्फबाट उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

विपद्को समयमा बाढीपीडित नागरिकलाई राहत पुर्‍याउने र बाढीबाट भएको क्षति न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको रास्वपा तुलसीपुर उपमहानगरपालिका सभापति जीवन भण्डारीले जानकारी दिएका छन्।

रास्वपा तुलसीपुर नगर समितिले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम कोषमा जम्मा गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="