after_navbar

तीन करिडोर जोड्ने थारमारे-चौरजहारी सडकको कालोपत्रे अन्तिम चरणमा


१८ घण्टा अगाडि


दाङ,२७ भदौ। सल्यानको थारमारेदेखि रुकुम पश्चिमको चौरजहारी जोड्ने ४५.५ किलोमिटर सडकको कालोपत्रे काम अन्तिम चरणमा पुगेको छ।

झन्डै २० वर्षअघि ट्रयाक खुलेको यो सडकखण्डमध्ये हालसम्म २६ किलोमिटरभन्दा बढी कालोपत्रे भइसकेको छ। बाँकी खण्डमा पनि निर्माण तीव्र गतिमा भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ।

सडक कालोपत्रे भएपछि सल्यान र रुकुम पश्चिमबीचको आवागमन सहज हुनुका साथै स्थानीय कृषि उपज बजारसम्म पुर्‍याउन, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच बढाउन सहज भएको स्थानीयले बताएका छन्।

यो सडकले भेरी करिडोरको सल्लीबजार-चौरजहारी खण्ड र लुम्बिनी-रारा राजमार्गलाई समेत जोड्नेछ। चालु आर्थिक वर्षभित्र सम्पूर्ण काम सक्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="