after_navbar

नदी तथा खोलामा जलसतह बढ्दै


१ घण्टा अगाडि


दाङ। लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ्दै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दाङ,बाँके,बर्दिया ,गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङलगायत जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएको छ।

महाशाखाका अनुसार पूर्वदेखि सुदूरपश्चिमसम्मका विभिन्न जिल्लामा साना नदी तथा खोलाको बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा निकै ठूलो वर्षा हुनसक्ने भएकाले नदी तथा खोलाको जलसतह थप बढ्न सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र सडक छेउछाउमा बसोबास तथा यात्रा गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="