after_navbar

कांग्रेसको वडा अधिवेशन आजदेखि सुरु


१ घण्टा अगाडि


काठमाडौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। देशभरका वडा तहमा आज र भोलि अधिवेशन हुने कांग्रेसले जनाएको छ।

पार्टी सभापति गगन थापाले आफ्नो क्रियाशील सदस्यता रहेको काठमाडौं महानगरपालिका-३० नम्बर वडामा अधिवेशन उद्घाटन गर्दै सम्बोधन गरेका छन्। उनले सोही क्रममा आफ्नो मनोनयन दर्तासमेत गराएका छन्।

कांग्रेसले देशभर हुने वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। त्यसअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रमका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="