after_navbar

जंगली च्याउ खाँदा प्यूठानमा ९ जना बिरामी


१ घण्टा अगाडि


प्यूठान । जंगली च्याउको तरकारी खाँदा प्यूठानमा नौ जना बिरामी परेका छन्। नौबहिनी गाउँपालिका–८, पुर्जानीका उनीहरूले गएराति जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि बिरामी परेका हुन्।

बिरामी हुनेमा चार महिला, तीन बालिका, एक युवती र एक पुरुष छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवारमा भर्ना गरिएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार सबै बिरामीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="