after_navbar

वर्षाका कारण नागढुंगामा सवारीसाधन होल्ड


१ घण्टा अगाडि


काठमाडौ । लगातार भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने सम्पूर्ण सवारीसाधन नागढुंगामा होल्ड गरिएको छ।

बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएका छन्।

वर्षाका कारण सडकमा पहिरो तथा ढुंगा खस्ने र सडक अवरुद्ध हुनसक्ने जोखिम रहेकाले सुरक्षा सतर्कताका रूपमा सवारीसाधन रोकिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="