after_navbar

जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री शाह


१ घण्टा अगाडि


काठमाडौ। प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्याय संयुक्त राष्ट्रसङ्घका दस्ताबेजमा लेखिएको वाक्यांशमा मात्र सीमित हुन नहुने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताए। उनले जलवायुजन्य विपद् नेपालका लागि मानवीय समस्या मात्र नभई विकासमा समेत असर पार्ने विषय भएको उल्लेख गरे।

प्रधानमन्त्री शाहले बढी कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले जलवायु परिवर्तनबाट प्रभावित मुलुकप्रति बढी जिम्मेवारी लिनुपर्ने बताए। जलवायु न्याय आर्थिक सहयोगमा मात्र सीमित नभई क्षतिको जिम्मेवारी, निर्णय प्रक्रियामा प्रभावित मुलुकको सहभागिता र भावी पुस्ताको भविष्यसँग जोडिएको उनको भनाइ छ।

नेपाल जलवायु परिवर्तनका असरबारे सबै पक्षले आ-आफ्नो दायित्व पूरा गर्नुपर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले साना तथा गरिब मुलुकको आवाज प्रभावकारी हुने संयुक्त राष्ट्रसङ्घ आवश्यक रहेको बताए।

उनले जलवायुजन्य विपद्लाई भूराजनीतिक विवादको विषय बनाउन नहुनेमा जोड दिँदै नेपाल जलवायु न्यायको पक्षमा रहेको दोहोर्याए।

प्रतिक्रिया दिनुहोस

data-href="