after_navbar

आज विश्व पोलियो दिवस


१ घण्टा अगाडि


दाङ। आज अक्टोबर २४, विश्व पोलियो दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। पोलियो रोग उन्मूलनका लागि जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यस दिन विश्वभर दिवस मनाउने गरिन्छ।

पोलियो भाइरसले मानिसको स्नायु प्रणालीमा असर पुर्‍याउन सक्छ। यसले मांसपेशी कमजोर बनाउने र गम्भीर अवस्थामा पक्षघातसमेत गराउन सक्छ। पोलियो भाइरस कुनै एक देशमा मात्र देखिए पनि अन्य देशमा फैलिने जोखिम रहने भएकाले यसको उन्मूलनका लागि विश्वव्यापी प्रयास आवश्यक मानिन्छ।

पोलियोबाट बालबालिकालाई सुरक्षित राख्न पाँच वर्षमुनिका बालबालिकालाई नियमित खोप लगाउन विशेष जोड दिइँदै आएको छ। खोपले पोलियो सङ्क्रमण र यसबाट हुन सक्ने गम्भीर असरको जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

नेपाल सरकारले ग्रामीण क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकासहित स्वास्थ्यकर्मी परिचालन गर्दै बालबालिकालाई निःशुल्क पोलियो खोप उपलब्ध गराउँदै आएको छ। पोलियो उन्मूलनका लागि खोप अभियानलाई प्रभावकारी बनाउनुका साथै अभिभावकमा सचेतना बढाउनुपर्नेमा स्वास्थ्य क्षेत्रले जोड दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="