after_navbar

बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते


२ घण्टा अगाडि


बाँके । बाँकेमा दुईवटा आपसमा ठोक्किदा दुर्घटना भएको छ। बाकेको राप्तीसोनारी गाउँपालिका-१ सौरीस्थित पूर्व-पश्चिम राजमार्गमा दुई कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

शनिबार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०१-०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१-०३० च ८४९६ नम्बरको कार ठोक्किएका हुन्।

दुर्घटनामा बा.प्र. ०१-०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका-५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ। घाइते चालक डोटीका ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ।

अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका-७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

दोस्रो कारका चालक घोराही-७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाका कारण अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="