दाङ। हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ थियो।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ र मंगलबार २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको भाउ ३ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको थियो। साताको पहिलो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। महासङ्घका अनुसार चाँदी आज प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस