after_navbar

कारागारबाट सुरुङ खनेर आठ कैदी फरार


५ घण्टा अगाडि


डोल्पा। जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। उनीहरू गएराति कारागारबाट भागेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

शनिबार बिहान साढे ५ बजे कैदीबन्दी गणना गर्ने क्रममा संख्या अपुग भएपछि आठ जना फरार भएको खुलेको हो। कारागारमा १७ जना कैदी रहेका थिए।

कैदीहरू बसेको कोठाबाट बाहिरसम्म झन्डै चार मिटर लामो सुरुङ खनिएको पाइएको प्रहरीले जनाएको छ। फरार कैदीहरूको खोजी भइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="