after_navbar

खुर्कोटमा विङ्गर गाडी दुर्घटना: १० भन्दा बढी घाइते


घण्टा अगाडि


सिन्धुली। सिन्धुलीको गोलञ्जोर गाउँपालिकास्थित खुर्कोटमा आज दिउँसो सवारी दुर्घटना हुँदा १० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

​इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीका अनुसार जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक विङ्गर गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो।

​दुर्घटनाको खबर प्राप्त हुनासाथ स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगी उद्धार कार्य जारी राखेको छ। घाइतेहरूको उद्धार गरी स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ। ​दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी छ

प्रतिक्रिया दिनुहोस

data-href="