after_navbar

प्रतिनिधि सभा पुन:स्थापित हुन्छ : प्रचण्ड


पुष ०८, २०७७


काठमाण्डौ।नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधि सभा पुनस्र्थापित गरेर सरकार बनाउने बताए । बानेश्वरमा बुधबार बसेको सो समूहको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो।

सर्वसम्मत रूपमा दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा पुनस्र्थापित गरेर सरकार बनाउने प्रतिवद्धता व्यक्त गरे । प्रचण्ड , नेपाल समूहको संसदीय दलको बैठकमा ११७ जना सांसद उपस्थित थिए । राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९३ जना सांसद आजको बैठकमा सहभागी थिए । नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="