शिक्षा

नेपाली भाषाका शिक्षकका लागि कार्यशाला सम्पन्न

दाङ,९ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला सम्पन्न भएकाे छ । शुक्रबार दाङकाे घाेराहीमा एक कार्यक्रमका बिच एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला सम्पन्न भएकाे हाे प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे । … Continue reading नेपाली भाषाका शिक्षकका लागि कार्यशाला सम्पन्न

थप पढ्नुहोस् »

प्रकृति लम्सालको न्यायको माग गर्दै ज्ञान ज्योतिका विद्यार्थी

दाङ,८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं.६ मा रहेको ज्ञान ज्योति फाउन्डेशन द्वारा सञ्चालित ज्ञान ज्योति माध्यमिक विद्यालयमा कानुन संकायमा अध्ययनरत विद्यार्थीका साथै ज्ञानदिप कलेज, ज्ञान ज्योति फाउन्डेसनका विभिन्न संकायका अध्ययनरत विद्यार्थीहरूले न्यायको माग गर्दै सडक र्याली गरेका छन् । भारतको ओडिसामा रहेकाे कलिंगा इन्स्टिच्यूट अफ इन्डिस्ट्रियल टेक्नोलोजी (केआईआईटि) को छात्राबासमा मृत भेटिएकी नेपाली … Continue reading प्रकृति लम्सालको न्यायको माग गर्दै ज्ञान ज्योतिका विद्यार्थी

थप पढ्नुहोस् »

प्याब्सन एथलेटिक्स प्रतियोगिता सुरु

दाङ, ७ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) तुलसीपुरको आयोजनामा तेस्रो प्याब्सन छात्र फुटबल तथा दोस्रो प्याब्सन छात्रा एथलेटिक्स प्रतियोगिता सुरू भएको छ । आज दाङको बेलझुण्डीमा एक कार्यक्रमका बिच तेस्रो प्याब्सन छात्र फुटबल तथा दोस्रो प्याब्सन छात्रा एथलेटिक्स प्रतियोगिता सुरू भएको हो । कार्यक्रममा बोल्दै प्रमुख प्याब्सन दाङका अध्यक्ष तथा … Continue reading प्याब्सन एथलेटिक्स प्रतियोगिता सुरु

थप पढ्नुहोस् »

प्रजातन्त्र दिवसमा तुलसीपुर नगर जेसिजको वक्तृत्वकला

दाङ,७ फागुन । तुलसीपुर नगर जेसीजले ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। बुधबार आयोजित कार्यक्रममा “प्रजातन्त्र सुदृढीकरणमा युवाको भूमिका” विषयक अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा ज्ञानज्योति माविका विनोद केसी प्रथम भएका छन्। यस्तै, गोर्खा माविका सन्दिप ओली द्वितीय, तुलसी आवासीय माविका लक्ष्मी हमाल तृतीय, तथा अश्वरा माविका … Continue reading प्रजातन्त्र दिवसमा तुलसीपुर नगर जेसिजको वक्तृत्वकला

थप पढ्नुहोस् »

सगरमाथाको १८ औं वार्षिकोत्सब सम्पन्न

दाङ,३ फागुन । सगरमाथा बालबाटिका इङ्लिस स्कुलको १८ औं वार्षिकोत्सब सम्पन्न भएको छ। विद्यालय संचालक समितीका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि खड्काले शिक्षा मात्र नभई संस्कार, भाषा र अनुशासन सिकाउन जरुरी रहेको उल्लेख गरे। अभिभावक बालबालिकाको पहिलो शिक्षक भएको बताउदै … Continue reading सगरमाथाको १८ औं वार्षिकोत्सब सम्पन्न

थप पढ्नुहोस् »

सक्सेस एक्स्पो २०८१: गुणस्तरीय र सामाजिक शिक्षामा जोड

दाङ,२ फागुन। दाङको तुलसीपुरमा रहेको सप्तरङ्गी इङलिस मिडियम स्कुल (सक्सेस)ले सक्सेस एक्स्पो २०८१ सम्पन्न गरेको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रदर्शनी गर्ने उदेश्यले विद्यालयले उक्त एक्स्पो आयोजना गरेको थियो। एक्स्पोमा विद्यार्थीहरुले राष्ट्रियता झल्काउने विभिन्न सिर्जनाहरु प्रदर्शनी गरेका थिए।भौगोलिक विविधता,सामाजिक तथा सांस्कृतिक रुपमा विश्व सम्पदाको सुचीमा परेका चिनारी, मुलुकको धार्मिक सांस्कृतिक र परम्परागत विविधता झल्कने कलाहरू … Continue reading सक्सेस एक्स्पो २०८१: गुणस्तरीय र सामाजिक शिक्षामा जोड

थप पढ्नुहोस् »

हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव

दाङ, १ फागुन । हिमाल एकेडेमी तुलसीपुर दाङले २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विविध कार्यक्रम गरेर विद्यालयले वार्षिकोत्सब मनाएको हो । विद्यालय सञ्चालक समिति सदस्य गणेश अधिकारीको अध्यक्षतामा तथा राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सबको समापन कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य वलीले दक्ष जनशक्ति … Continue reading हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव

थप पढ्नुहोस् »

हिमालको खेल सप्ताह : ब्लु हाउसलाई ‘हिमाल ट्रफी’

माघ २८ दाङ । हिमाल ईन्टर हाउस खेलकुद सप्ताह हिमाल रनिङको बिजेता ब्लु हाउस भएको छ । विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजित सप्ताह ब्यापी खेलकुद कार्यक्रममा १२ स्वर्ण,९ रजत र ९ कास्य पदक हात पार्दै ब्लु हाउसले हिमाल ट्रफी २०८१ जितेको हो ।त्यस्तै ग्रीन हाउस ८ स्वर्ण,६ रजत, ८ कास्य पदकका साथ दोस्रो,रेड हाउस ४ … Continue reading हिमालको खेल सप्ताह : ब्लु हाउसलाई ‘हिमाल ट्रफी’

थप पढ्नुहोस् »

सरस्वती माविमा अक्षयकोष स्थापना

दाङ, माघ २३ । दाङको घोराही उपमहानगरपालिका–१५, सरस्वती टोल काठेकोल निवासी बमबहादुर डाँगी र पूर्णिमा डाँगीले सरस्वती माध्यमिक विद्यालय, भरतपुरमा अक्षयकोष स्थापना गरेका छन् । बमबहादुर डाँगीका पूज्यनीय पिता स्वर्गीय कमानबहादुर डाँगी र आमा भक्तकुमारी डाँगीको सम्झनामा “बम–पूर्णिमा” अक्षयकोष स्थापना गरिएको हो। ५१ हजार रुपैयाँको सो अक्षयकोषबाट प्राप्त ब्याजको ६० प्रतिशत रकम एसईई परीक्षामा अंग्रेजी … Continue reading सरस्वती माविमा अक्षयकोष स्थापना

थप पढ्नुहोस् »

ज्योतिपुन्जमा सरस्वतीको मन्दिर निर्माण

दाङ,२१ माघ । दाङको घोराही उपमहानगरपालिका–२, रामपुरस्थित ज्योतिपुन्ज मोडेल इङ्लिस स्कुलमा सरस्वती मन्दिर निर्माण गरिएको छ। सरस्वती पूजाको अवसर पारेर सोमबार नवनिर्मित मन्दिरमा वैदिक विधि अनुसार सरस्वती देवीको मूर्तिको प्राणप्रतिष्ठा गरिँदै पूजापाठको शुभारम्भ गरिएको छ। विद्यालय परिसरभित्र हरियाली पार्कसँगै स्थापना गरिएको मन्दिरमा विद्यार्थीहरूले पूजा गरेको ज्योतिपुन्ज एजुकेसन ग्रुपका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए। पढाइसँगै … Continue reading ज्योतिपुन्जमा सरस्वतीको मन्दिर निर्माण

थप पढ्नुहोस् »