समाचार

करिब २५ सवारी आपसमा ठोक्किँदा ९ जनाको मृत्यु

काठमाडौ,२८ कार्तिक । भारतको महाराष्ट्र राज्यस्थित पुणेको बाहिरी क्षेत्रमा रहेको नवले पुल नजिकै बिहीबार साँझ ठूलो सवारी दुर्घटना भएको छ। दुर्घटनामा २० देखि २५ सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्। दैनिक भास्करको समाचार अनुसार, एक ट्रकको ब्रेक फेल भएपछि ट्रकले अगाडि चलेको कारलाई ठक्कर दियो। … Continue reading करिब २५ सवारी आपसमा ठोक्किँदा ९ जनाको मृत्यु

थप पढ्नुहोस् »

वडाध्यक्षद्वारा योजना अधिकृतमाथि कुटपिट

काठमाडौ,२७ कार्तिक । साँगुरीगढी गाउँपालिकामा कार्यरत कर्मचारी जनप्रतिनिधिद्वारा कुटिएका छन्। सुनसरीको धरान उपमहानगरपालिकासँग सिमाना जोडिएको धनकुटाको सागुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत दोर्ण राईमाथि पालिकाकै वडाध्यक्षले कुटपिट गरेका हुन्। गाउँपालिकाको वडा नं. १ का वडाध्यक्ष गोविन्द लिम्बूले अधिकृत राईमाथि कार्यकक्षमै आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ। आक्रमणबाट अधिकृत राईको अनुहारमा गम्भीर चोट लागेको छ। हाल … Continue reading वडाध्यक्षद्वारा योजना अधिकृतमाथि कुटपिट

थप पढ्नुहोस् »

जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्ने एकजना पक्राउ

दाङ,२७ कार्तिक । दाङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। देशव्यापी रूपमा २०८२ भदौ २३ र २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलनका क्रममा दाङमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय नारायणपुर दाङमा ढुङ्गामुढा, तोडफोड, आगजनी तथा चोरी गरी … Continue reading जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्ने एकजना पक्राउ

थप पढ्नुहोस् »

वित्तीय साक्षरता : व्यवहारिक परिवर्तनको मुख्य आधार

दाङ,२७ कार्तिक । दाङको तुलसीपुरमा लघुवित्तमा आवद्ध महिलाहरूका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ। आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ सेवा फाउन्डेशन नेपाल र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संयुक्त आयोजनामा “आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम” सम्पन्न गरिएको हो। कार्यक्रम ग्रामीण विकास लघुवित्त वित्तीय संस्था तुलसीपुर शाखा प्रमुख साधना चौधरीको अध्यक्षता तथा संस्थाका … Continue reading वित्तीय साक्षरता : व्यवहारिक परिवर्तनको मुख्य आधार

थप पढ्नुहोस् »

रवि र छविको मुद्धामा मिसिल झिकाउने आदेश

दाङ,२७ कार्तिक । उच्च अदालत तुलसीपुर बुटवल इजलास राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दा सम्बन्धी मिसिल झिकाउन उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश दिएको छ। … Continue reading रवि र छविको मुद्धामा मिसिल झिकाउने आदेश

थप पढ्नुहोस् »

दाङमा न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु

दाङ,२७ कार्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङ जिल्लामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु गरेपछि किसानहरू खुशी भएका छन्। गढवा गाउँपालिकाको समन्वयमा गरिएको खरिद प्रक्रियाले किसानहरूलाई राहत मिलेको छ। गढवा गाउँपालिका–४ रामनगरका किसान रामनिवास यादवका अनुसार उनले सरकारले तोकेको प्रतिक्विन्टल ३ हजार ४सय ६३ रुपैयाँ ८१ पैसामा ४० क्विन्टल धान … Continue reading दाङमा न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु

थप पढ्नुहोस् »

महिला हत्याको आरोपमा दुई जना पक्राउ

काठमाडौ,२७ कार्तिक । महिला हत्याको आरोपमा दुईजना पक्राउ परेका छ। तीनपाटन गाउँपालिका–२ पैरेकी ४० वर्षीया छत्रकुमारी कार्की (थापा)को हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। १० दिनअघि घरबाट घाँस काट्न निस्किएकी कार्की चार दिनपछि वडा नं. १ सिसौघारीमा मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्ट अनुसार घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको थियो। घटनापछि … Continue reading महिला हत्याको आरोपमा दुई जना पक्राउ

थप पढ्नुहोस् »

निर्वाचनका तयारीबारे आयोग र दलबीच छलफल

काठमाडौ,२७ कार्तिक। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी विषयमा राजनीतिक दलहरूसँग छलफल गरेको छ। आयोगको कार्यालय, कान्तिपथमा भएको उक्त छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू र नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका दलका प्रतिनिधिहरू सहभागी थिए। आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको … Continue reading निर्वाचनका तयारीबारे आयोग र दलबीच छलफल

थप पढ्नुहोस् »

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौ,२७ कार्तिक । सिराहा प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। सिराहा नगरपालिका–१ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार, जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय सिराहाको संयुक्त टोलीले छापा मारेको हो। प्रहरीले स ११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका–१७ का राम जीवन यादव (२५) … Continue reading लागुऔषधसहित चार जना पक्राउ

थप पढ्नुहोस् »

अस्ट्रेलियामा सडक दुर्घटना : चितवनका एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौ,२७ कार्तिक । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनली मा भएको भीषण सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको ज्यान गएको छ। मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, उनकी ३१ वर्षीया श्रीमती र तीन वर्षीय छोरा रहेका छन्। उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाको मृत्यु भएको भिक्टोरिया प्रहरीले पुष्टि गरेको … Continue reading अस्ट्रेलियामा सडक दुर्घटना : चितवनका एकै परिवारका तीन नेपालीको मृत्यु

थप पढ्नुहोस् »