समाचार

अबैध ३२ नाले भरुवा बन्दुक फेला

प्युठान ,१८ साउन । प्रहरीले ३२ नाल अबैध भरुवा बन्दुक फेला पारेको छ। प्युठानको नौबहिनी गाउँपालिका-२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनभित्र पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बन्दुक फेला पारेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकका नाल, १ थान बटको कुण्डा तथा ३ थान … Continue reading अबैध ३२ नाले भरुवा बन्दुक फेला

थप पढ्नुहोस् »

बस र कारको ठक्करपछी सुनकोसीमा कार खस्यो: चारजना बेपत्ता

काठमाडौ,१८ साउन । सुनकोसीमा कार खस्दा चारजना बेपत्ता भएका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा बस र कार ठक्कर खाँदा कार सुनकोशी नदी मा खस्दा चारजना बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बसले सोमबार बिहान करिब ११:३० बजे कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट करिब १५० मिटर … Continue reading बस र कारको ठक्करपछी सुनकोसीमा कार खस्यो: चारजना बेपत्ता

थप पढ्नुहोस् »

लुम्बिनीमा बजेट कार्यान्वयन कडाइ: ५२ बुँदे मार्गदर्शन जारी

दाङ,१८ साउन । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम प्रभावकारी, मितव्ययी र पारदर्शी बनाउन ५२ बुँदे मार्गदर्शन जारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय द्वारा जारी मार्गदर्शनमा चालु खर्चमा कडाइ गर्दै असार महिनामा गोष्ठी, सेमिनार, तालिम तथा अन्तर्क्रिया सञ्चालनमा रोक लगाइएको छ। बजेट अनुशासन उल्लङ्घन गर्ने तथा समयमै काम सम्पन्न … Continue reading लुम्बिनीमा बजेट कार्यान्वयन कडाइ: ५२ बुँदे मार्गदर्शन जारी

थप पढ्नुहोस् »

ब्रोड पिक हिमपहिरो: मृत आरोहीका शव क्याम्प १ मा ल्याइँदै

काठमाडौ,१७ साउन। ब्रोड पिकमा आएको हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूको शव आज क्याम्प १ सम्म ल्याइने भएको छ। उद्धारका लागि पाकिस्तान पुगेका तथा दिवंगत आरोही निर्मल पुर्जा का व्यवसायिक साझेदारसमेत रहेका सांसद मिङ्मा डेभिड शेर्पा का अनुसार ग्राउन्ड टिमले हाल रहेको स्थानबाट शव क्याम्प १ सम्म ल्याउने योजना बनाएको हो। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्‍याइने बताइएको … Continue reading ब्रोड पिक हिमपहिरो: मृत आरोहीका शव क्याम्प १ मा ल्याइँदै

थप पढ्नुहोस् »

आज ३७ जिल्लामा बाढीको जोखिम:सतर्क रहन आग्रह

दाङ,१७ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएको छ। मनसुन सक्रिय भएसँगै वर्षा बढ्ने क्रम जारी रहेकाले ३७ जिल्लामा बाढीको जोखिम रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार काठमाडौ उपत्यकासँगै काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैगरी संखुवासभा, सोलुखुम्बु, दोलखा, … Continue reading आज ३७ जिल्लामा बाढीको जोखिम:सतर्क रहन आग्रह

थप पढ्नुहोस् »

भूमि प्रशासन कार्यालयका ५ कर्मचारी पक्राउ

काठमाडौ,१६ साउन। सेवाग्राहीसंग घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना कर्मचारीलाई पक्राउ गरेको छ। आयोगले जग्गा बकसपत्र गराउदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय ललितपुरका तीन नासु सहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन लाख रुपैयाँ बरामद भएको छ । अख्तियारले गएराती ललितपुर मालपोतका नासुहरु उत्तम कुँवर, विशाल सुन्दास र … Continue reading भूमि प्रशासन कार्यालयका ५ कर्मचारी पक्राउ

थप पढ्नुहोस् »

धनुषामा निषेधाज्ञा जारी

काठमाडौ,१६ साउन। जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले जारी गरेको कर्फ्युः आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आज बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो। यसअघि साउन १४ गते दिउँसो ३ः३० बजेदेखि जारी गरिएको कर्फ्यु आदेश जिल्ला सुरक्षा … Continue reading धनुषामा निषेधाज्ञा जारी

थप पढ्नुहोस् »

मन्त्रालय बाँडफाँटमा जुटे मुख्यमन्त्री आचार्य

दाङ,१५ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारमा सहभागी दलहरूसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने विषयमा छलफल शुरू गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यकामा भइरहेको छलफलमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दल नेता जोखबहादुर महरा, प्रमुख सचेतक इन्द्रजीत थारू तथा पूर्वमन्त्री दीपेन्द्र पुन सहभागी छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट कृषि, … Continue reading मन्त्रालय बाँडफाँटमा जुटे मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

आँखा अस्पतालको शल्यक्रिया भवनको उद्घाटन

दाङ,१४ साउन। राप्ती आँखा अस्पतालको नव निर्मित शल्यक्रिया भवनको उद्घाटन गरिएको छ । नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक अनुदान तथा स्थानीय साझेदारीमा निर्माण गरिएको भवनको बिहीबार उद्घाटन गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का र भारतीय दूतावासकी काउन्सिलर गीतांजली ब्रैंडनको विशेष उपस्थितीमा भवनको उद्घाटन … Continue reading आँखा अस्पतालको शल्यक्रिया भवनको उद्घाटन

थप पढ्नुहोस् »

आयोगको ‘कल सेन्टर’मा ४ हजारभन्दा बढी जिज्ञासा सम्बोधन

काठमाडौ,१४ साउन। निर्वाचन आयोगले चुनावसम्बन्धी जिज्ञासा सम्बोधन गर्न सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा चार हजारभन्दा बढी प्रश्न प्राप्त भई समाधान गरिएको छ। आयोगले गएको माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको उक्त ‘कल सेन्टर’मा बिहीबारसम्म टेलिफोन तथा ‘भ्वाइस मेल’मार्फत कुल ४ हजार ३८ वटा जिज्ञासा प्राप्त भएको जनाएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त जिज्ञासामध्ये … Continue reading आयोगको ‘कल सेन्टर’मा ४ हजारभन्दा बढी जिज्ञासा सम्बोधन

थप पढ्नुहोस् »