समाचार

भोटेकोशी बाढी: १५ पालिकाका १६ हजार घरधुरी प्रभावित

काठमाडौ,२६ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट पाँच जिल्लाका १५ पालिकाका १६ हजार ११० घरधुरीका ६४ हजार ३३५ जना प्रभावित भएका छन्। तीमध्ये ७ हजार ५७० घरधुरी प्रत्यक्ष रूपमा बाढीबाट प्रभावित भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न पालिका … Continue reading भोटेकोशी बाढी: १५ पालिकाका १६ हजार घरधुरी प्रभावित

थप पढ्नुहोस् »

विपदका सवालमा सञ्चारिकाको अन्तरक्रिया

दाङ,२५ भदौ । विपद्का बेला सही सूचना प्रवाहसँगै प्रभावित नागरिकको अधिकार र सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। सञ्चारिका समूह दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको ‘विपद्मा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, सूचना प्रवाह, महिला तथा बालबालिकाको सुरक्षा र राहत तथा पुनःस्थापनाका विषयमा छलफल गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ … Continue reading विपदका सवालमा सञ्चारिकाको अन्तरक्रिया

थप पढ्नुहोस् »

ओमानलाई ६० रनमा समेट्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौ,२६ भदौ । नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा स्थान बनाएको छ। मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको सेमिफाइनलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। ओमानका जतिन्दर सिंहले २५ र जितेन रामानन्दीले १३ रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३-३ तथा ललित … Continue reading ओमानलाई ६० रनमा समेट्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

थप पढ्नुहोस् »

अटो-टेम्पो सञ्चालनका समस्या समाधान गर्न माग

दाङ,२४ भदौ ।दाङ भ्याली यातायात प्रालिले तीनपाङ्ग्रे अटो तथा टेम्पो सञ्चालनमा देखिएका समस्या समाधान गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको ध्यानाकर्षण गराएको छ। सोमबार प्रालिका अध्यक्ष महेन्द्र महराको नेतृत्वमा गएको टोलीले मन्त्री अहिरलाई ध्यानाकर्षण पत्र बुझाउँदै रुट परमिट, लाइसेन्स परीक्षा, कर तथा सञ्चालनसम्बन्धी नीतिगत समस्या समाधान गर्न माग गरेको हो। … Continue reading अटो-टेम्पो सञ्चालनका समस्या समाधान गर्न माग

थप पढ्नुहोस् »

भदौ २४ का घटनाको निष्पक्ष छानबिन गर्न नेकपाको माग

काठमाडौ,२४ भदौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गत भदौ २३ को नवयुवा आन्दोलन र त्यसको भोलिपल्ट भएका तोडफोड, आगजनी तथा लुटपाटका घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्तिमार्फत भदौ २४ लाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ का रूपमा चित्रण गर्दै सिंहदरबार, संसद् भवन, राष्ट्रपति … Continue reading भदौ २४ का घटनाको निष्पक्ष छानबिन गर्न नेकपाको माग

थप पढ्नुहोस् »

नुवाकोटमा हैजाविरुद्दको खोप

काठमाडौ,२३ भदौ ।बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ८० हजार ५२३ डोज हैजाविरुद्धको खोप पठाएको छ। मन्त्रालयले खोपसँगै १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पनि पठाएको जनाएको छ। यसअघि आइतबार रसुवामा हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइएको थियो। रसुवामा बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ। … Continue reading नुवाकोटमा हैजाविरुद्दको खोप

थप पढ्नुहोस् »

पहिरोमा परी सल्यानका १७ वर्षीय मदनको मृत्यु

दाङ,२३ भदौ । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-५, खारखोला अरिङ्गाले फेदीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-३, लाटाउनेका १७ वर्षीय मदन पुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीका अनुसार सोमबार राति करिब १० बजे राप्ती राजमार्गमा पैदल पहिरो पार गर्ने … Continue reading पहिरोमा परी सल्यानका १७ वर्षीय मदनको मृत्यु

थप पढ्नुहोस् »

पहिरोको जोखिम बढेपछि १० परिवारको स्थानान्तरण

दैलेख,२३ भदौ । पहिरोको जोखिम बढेपछि दैलेखमा १० घर परिवारलाई स्थानान्तरण गरिएको छ। जिल्लाको सदरमुकाम नारायण नगरपालिका-१ स्थित नमुना बस्तीमा पहिरोका कारण जोखिममा परेका १० परिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको हो। एक सातादेखि परेको अविरल वर्षाका कारण बस्तीमा पहिरो आएपछि घरमा क्षति पुगेको र थप जोखिम बढेपछि प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी १० परिवारका … Continue reading पहिरोको जोखिम बढेपछि १० परिवारको स्थानान्तरण

थप पढ्नुहोस् »

खोलाले बगाउँदा दुई जना बेपत्ता

रुकुप पूर्व, २२ भदौ। रुकुम पूर्वमा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन्। पुथा उत्तरगंगा गाउँपालिका-६, मयाङका ४९ वर्षीय बुद्धिराज सेन र ७० वर्षीय तीर्थराज शाही आइतबार दिउँसो साङ्खोलामा बगेर बेपत्ता भएका हुन्। खरिढुङ्गाबाट घरतर्फ फर्कने क्रममा साङ्खोलास्थित काठको पुलमा खुट्टा चिप्लिएर उनीहरू खोलामा खसेका थिए। खोलामा खसेलगत्तै दुवै जनालाई बगाएको प्रहरीले जनाएको छ। आइतबार … Continue reading खोलाले बगाउँदा दुई जना बेपत्ता

थप पढ्नुहोस् »

नापी अधिकृत र सर्भेक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौ,२२ भदौ। जग्गा प्लट मिलान गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा नापी अधिकृत र सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। कलंकी नापी कार्यालयका तत्कालीन सर्भेक्षक अमितकुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। जग्गा हालसाविक गरी प्लट मिलान गरिदिने बहानामा सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको … Continue reading नापी अधिकृत र सर्भेक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा

थप पढ्नुहोस् »