समाचार

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा,२० भदौ । गएरातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ। बाजुराको जगन्नाथ गाउँपालिका-५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका-७ बाधु र जगन्नाथ गाउँपालिका-५ मा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। बाधुमा खसेको पहिरो पिएस … Continue reading पहिरोले कर्णाली करिडोर अवरुद्ध

थप पढ्नुहोस् »

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३४४ पुग्यो

काठमाडौ,२० भदौ ।रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’अनुसार शनिबार बिहान ५ बजेसम्म १ हजार ३४४ शव फेला परेका छन्। प्रहरीका अनुसार फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष छन्। … Continue reading भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३४४ पुग्यो

थप पढ्नुहोस् »

करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु

दाङ,२० भदौ । दाङको तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाको माछापोखरी टोल निवासी २४ वर्षीय राजु घर्ती रहेका छन्। शनिबार बिहान घरबाट बिजुलीको तार प्रयोग गरी नजिकैको टिकरी सिँचाइ कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा घर्तीलाई करेन्ट लागेको थियो। करेन्ट … Continue reading करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

दाङमा पहिलो राइड सेयरिङ प्लेटफर्म ‘दाङ ई-ड्राइभ’ सञ्चालनमा

दाङ,२० भदौ । दाङमा पहिलोपटक राइड सेयरिङ प्लेटफर्म ‘दाङ ई-ड्राइभ प्रालि’ले औपचारिक रूपमा सेवा सुरु गरेको छ। तुलसीपुरस्थित त्रिशिद्धेश्वरी मन्दिरमा पूजापछि शुक्रबार सेवाको उद्घाटन गरिएको हो। सेवा उद्घाटनअघि कम्पनीले भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको थियो। … Continue reading दाङमा पहिलो राइड सेयरिङ प्लेटफर्म ‘दाङ ई-ड्राइभ’ सञ्चालनमा

थप पढ्नुहोस् »

रेडक्रस दाङको ६४औँ स्थापना दिवस

दाङ,२० भदौ ।‘मानवताका लागि ऐक्यबद्ध हौँ’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले ६४औँ स्थापना दिवस तुलसीपुरमा मनाएको छ। कार्यक्रममा सहभागीहरूले मानवीय सेवा, विपद् व्यवस्थापन, खानेपानी तथा सरसफाइका क्षेत्रमा रेडक्रसले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले मानवीय सेवामा संलग्न रेडक्रसका स्वयंसेवकलाई अझ उच्च मनोबलका साथ सेवामा सक्रिय हुन आग्रह गरेका छन्। विपद्को यस … Continue reading रेडक्रस दाङको ६४औँ स्थापना दिवस

थप पढ्नुहोस् »

दाङका सामुदायिक वनबाट १० थान भरुवा बन्दुक बरामद

दाङ, १९ भदौ । दाङका विभिन्न सामुदायिक वनबाट प्रहरीले लुकाइछिपाइ राखिएको अवस्थामा १० थान भरुवा बन्दुक बरामद गरेको छ। शुक्रबार बिहान ५ः३० देखि ८ बजेसम्म खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा बन्दुक बरामद गरेको हो। प्रहरीका अनुसार बबई गाउँपालिका-४ स्थित चितलगैरा सामुदायिक वनबाट चार थान, बबई गाउँपालिका-२ स्थित सुवाखोरे सामुदायिक वनबाट एक … Continue reading दाङका सामुदायिक वनबाट १० थान भरुवा बन्दुक बरामद

थप पढ्नुहोस् »

बाढीको १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार

काठमाडौ,१९ भदौ । भोटेकोसीमा बाढी आउदा सुरुङमा फसेका दुईजनाको १० दिनपछि दुई जनाको जीवितै उद्धार गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाह र सुपरभाइजर कविर महर्जनलाई शुक्रबार बिहान त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएको हो। भदौ १० गते बिहान तिब्बततर्फबाट आएको भीषण बाढीपछि उनीहरू सुरुङभित्र फसेका थिए। नेपाली सेना र सशस्त्र … Continue reading बाढीको १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार

थप पढ्नुहोस् »

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

काठमाडौ,१८ भदौ । सरकारले मन्त्रिपरिषद् बैठकका सातवटा मुख्य निर्णय सार्वजनिक गरेको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्। बैठकले एसियाली विकास बैंक (एडीबी)बाट भोटेकोशी बाढी प्रभावितको जीवनरक्षा तथा तत्कालीन उद्धार र राहतका लागि प्राप्त हुने ५० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको … Continue reading मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

थप पढ्नुहोस् »

भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत

काठमाडौ,१८ भदौ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समिति बैठकले प्रहरी नियमावलीअनुसार प्राप्त हुने सेवासुविधाका अतिरिक्त राहतस्वरूप मृतक प्रहरी कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। … Continue reading भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत

थप पढ्नुहोस् »

परराष्ट्रमन्त्री खनालद्वारा कूटनीतिक समुदायलाई भोटेकोशी बाढीबारे ब्रिफिङ

काठमाडौ,१८ भदौ परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा विपद् निम्त्याएको भोटेकोशी बाढीको अवस्थाबारे काठमाडौँस्थित कूटनीतिक समुदायलाई जानकारी गराएका छन्। परराष्ट्र मन्त्रालयमा आज आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको सहभागिता थियो। मन्त्री खनालले गत भदौ १० गते रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी … Continue reading परराष्ट्रमन्त्री खनालद्वारा कूटनीतिक समुदायलाई भोटेकोशी बाढीबारे ब्रिफिङ

थप पढ्नुहोस् »