समाचार

बाढीमा ज्यान गुमाएकाको शोकमा दीप प्रज्वलन

दाङ,१८ भदौ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा दाङको तुलसीपुर-७ श्रीगैँस्थित पतञ्जली योग साधना केन्द्रले दीप प्रज्वलन गरेको छ। मृतकहरूको शान्ति र मुक्तिको कामना गर्दै आयोजित कार्यक्रममा नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, बाढीमा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामनासमेत गरिएको केन्द्रले जनाएको छ। … Continue reading बाढीमा ज्यान गुमाएकाको शोकमा दीप प्रज्वलन

थप पढ्नुहोस् »

हिमपहिरोको जोखिम बढ्दै: परम्परागत पूर्वसूचना प्रणाली पर्याप्त नहुने चेतावनी

काठमाडौ,१८ भदौ । नेपाल-चीन सीमावर्ती क्षेत्रमा गत हप्ता आएको विनाशकारी बाढी तथा पहिरोले हिमाली क्षेत्रमा बढ्दै गएको नयाँ किसिमको विपद् जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूले हिमनदी, चट्टान र बरफ मिसिएर तीव्र गतिमा तल झर्ने हिमचट्टान पहिरोको जोखिम बढ्दै गएको भन्दै परम्परागत पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन्। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार … Continue reading हिमपहिरोको जोखिम बढ्दै: परम्परागत पूर्वसूचना प्रणाली पर्याप्त नहुने चेतावनी

थप पढ्नुहोस् »

नुवाकोटमा १७७ जनाको शव फेला

काठमाडौ,१८ भदौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको शव खोजी तथा व्यवस्थापनअन्तर्गत नुवाकोटमा जमिनको सतहमा शव सङ्कलन गर्ने प्रारम्भिक चरणको काम पूरा भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार हालसम्म १७७ जनाको शव फेला परेको छ। तीमध्ये १६ जनाको पहिचान गरी परिवारलाई बुझाइएको … Continue reading नुवाकोटमा १७७ जनाको शव फेला

थप पढ्नुहोस् »

विपद्का बेला विश्राम लिने छुट सरकारलाई छैन : प्रधानमन्त्री शाह

काठमाडौ,१७ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई शरीर थकित भयो भन्दै विश्राम लिने छुट नभएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सङ्कटको घडीमा देशको नेतृत्वले आँसु नभई नागरिकलाई हिम्मत, आड र भरोसा दिनुपर्ने बताए। मन भक्कानिए पनि एकअर्कासँग बिलौना गर्ने समय नभएको उनको भनाइ थियो। ‘त्यही दृढ सङ्कल्प र साहसका … Continue reading विपद्का बेला विश्राम लिने छुट सरकारलाई छैन : प्रधानमन्त्री शाह

थप पढ्नुहोस् »

अधुरा रहने योजनामा हात नहाल्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ,१७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गर्न नसकिने तथा उपलब्धि दिन नसक्ने योजना कार्यान्वयन नगर्न निर्देशन दिएका छन । उनले अधुरा योजना थपिँदै जाने अवस्था अन्त्य गर्दै सम्पन्न गर्न सकिने र नागरिकलाई प्रत्यक्ष उपलब्धि दिने योजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा चालु … Continue reading अधुरा रहने योजनामा हात नहाल्न मुख्यमन्त्री आचार्यको निर्देशन

थप पढ्नुहोस् »

चलचित्र विकास बोर्डको कावा अध्यक्षको जिम्मा शर्मालाई

काठमाडौ,१७ भदौ । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास वोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी वोर्डका सहसचिव रविलाल शर्मालाई मंगलबारको मन्त्रिस्तरीय निर्णयअनुसार अध्यक्ष नियुक्त नभएसम्मका लागि शर्मालाई बोर्डको कामकाज हेर्ने जिम्मेवारी दिइएको मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालले जानकारी दिए। शर्माले बुधबारदेखि कार्यभार सम्हालेका छन्। पौड्यालका अनुसार बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया चाँडै सुरु गरिनेछ। उनका अनुसार बाढीलगायतका कारण … Continue reading चलचित्र विकास बोर्डको कावा अध्यक्षको जिम्मा शर्मालाई

थप पढ्नुहोस् »

बाढीपिडितका लागि अमेरिकाको ४० टन बढी सहयोग

काठमाडौ,१७ भदौ । संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढी प्रभावित समुदायका लागि पठाइएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ। अमेरिकी दूतावासका अनुसार बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत उक्त राहत सामग्री २ हजार ६०० परिवारलाई वितरण गरिनेछ। राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट, सौर्य बत्तीलगायत अत्यावश्यक सामग्री … Continue reading बाढीपिडितका लागि अमेरिकाको ४० टन बढी सहयोग

थप पढ्नुहोस् »

भोटेकोशी बाढी: करिब १६ लाख मानिस प्रभावित

काठमाडौ,१७ भदौ । एक साताअघि बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित तथा धादिङ, गोरखा र चितवनलाई मध्यम प्रभावित जिल्लाका रूपमा वर्गीकरण गरिएको छ। प्राधिकरणका अनुसार बाढीमा परी बुधबार बिहानसम्म १ हजार एकसय … Continue reading भोटेकोशी बाढी: करिब १६ लाख मानिस प्रभावित

थप पढ्नुहोस् »

दाङमा एचआईभी संक्रमितको संख्या घट्दै

दाङ,१७ भदौ । दाङमा नयाँ एचआईभी सङ्क्रमितको सङ्ख्या निरन्तर घट्दै गएको छ। स्वास्थ्य कार्यालय दाङको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले नयाँ सङ्क्रमण घट्दो क्रममा रहेको देखाएको हो। कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दाङमा ४२ जना नयाँ एचआईभी सङ्क्रमित पहिचान भएका थिए। यो सङ्ख्या आर्थिक वर्ष २०८१/८२ मा घटेर ३७ र २०८२/८३ मा ३१ जनामा … Continue reading दाङमा एचआईभी संक्रमितको संख्या घट्दै

थप पढ्नुहोस् »

बाढीपीडितका लागि तुलसीपुर चेम्बर अफ कमर्सको ५१ हजार १५१ रुपैयाँ सहयोग

दाङ । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि तुलसीपुर चेम्बर अफ कमर्सले ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीका अनुसार बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको हो । प्राकृतिक विपत्तिका कारण नागरिकहरू समस्यामा परेको … Continue reading बाढीपीडितका लागि तुलसीपुर चेम्बर अफ कमर्सको ५१ हजार १५१ रुपैयाँ सहयोग

थप पढ्नुहोस् »