समाचार

नारायणीमा भेटिएका २१६ शवमध्ये १५९ को व्यवस्थापन

दाङ,१६ भदौ। भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि नारायणी नदीमा भेटिएका २१६ शवमध्ये १५९ वटा शवको व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० अनिल पण्डितका अनुसार पहिचान हुन नसकेका शवलाई स्थानीय वन क्षेत्रमा जमिनमुनि गाडेर अस्थायी रूपमा व्यवस्थापन गरिएको हो। उनका अनुसार कावासोती नगरपालिकास्थित ज्योतिकुञ्ज सामुदायिक वन … Continue reading नारायणीमा भेटिएका २१६ शवमध्ये १५९ को व्यवस्थापन

थप पढ्नुहोस् »

बाढीमा फसेका ११ हजार ३७९ जनाको उद्धार

काठमाडौ,१६ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका तथा अलपत्र परेकामध्ये अहिलेसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जलविद्युत आयोजनामा कार्यरत ६३९ जना रहेका छन्। प्राधिकरणका अनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लामा अहिलेसम्म … Continue reading बाढीमा फसेका ११ हजार ३७९ जनाको उद्धार

थप पढ्नुहोस् »

एउटै घरभित्र २२ जनाको शव

नुवाकोट,१६ भदौ। बेत्रावतीमा बाढी र लेदोले पुरिएको एक घरभित्र २२ जनाको शव भेटिएको छ । नुुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढी र लेदोले पुरिएको एक घरभित्र २२ जनाको शव भेटिएको हो। सुरक्षाकर्मीको टोलीले सोमबार खोजी तथा उद्धारका क्रममा उक्त घरभित्रबाट ६ वटा शव निकालेको छ। बाँकी १६ वटा शव मंगलबार निकालिने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको … Continue reading एउटै घरभित्र २२ जनाको शव

थप पढ्नुहोस् »

सिढी चढ्ने क्रममा लडेर मेयर खड्का घाइते

दाङ,१६ भदौ। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का घरमा काम गर्ने क्रममा लडेर घाइते भएका छन्। मंगलबार बिहान आफ्नै घरको छानोमा चढ्ने क्रममा अचानक सन्तुलन गुमाएर खड्का तल खसेका हुन्। घरको छानोमा चढ्ने क्रममा काठको सिँढीबाट खसेर उनी घाइते भएको सचिवालयले जनाएको छ। लडेर घाइते भएका नगरप्रमुख खड्काको एक खुट्टामा गम्भीर चोट लागेको छ। चिकित्सकले खुट्टा … Continue reading सिढी चढ्ने क्रममा लडेर मेयर खड्का घाइते

थप पढ्नुहोस् »

भारत खोज, उद्धार र पुनर्स्थापनामा सहयोग गर्न प्रतिबद्ध : रक्षामन्त्री सिंह

काठमाडौ,१५ भदौ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिपछिको खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा भारत पूर्ण रूपमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार तथा भारतीय जनताको तर्फबाट नेपाल सरकार र … Continue reading भारत खोज, उद्धार र पुनर्स्थापनामा सहयोग गर्न प्रतिबद्ध : रक्षामन्त्री सिंह

थप पढ्नुहोस् »

३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

काठमाडौ,१२ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका हुन्। भोटेकोशी … Continue reading ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

थप पढ्नुहोस् »

बेत्रावतीबाट बेपत्ता असई पौडेलको शव चितवनमा फेला

चितवन,१२ भदौ । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ। तिब्बतबाट भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएका पौडेलको शव चितवनमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए । नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव पहिचान भएपछि जिल्ला अस्पताल चितवनमा पोस्टमार्टम … Continue reading बेत्रावतीबाट बेपत्ता असई पौडेलको शव चितवनमा फेला

थप पढ्नुहोस् »

बाढी प्रभावितका लागि प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

काठमाडौ,१२ भदौ । भोटेकोशी नदी तथा नेपाल-चीन सीमा क्षेत्रमा भएको विपद्बाट प्रभावितका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक … Continue reading बाढी प्रभावितका लागि प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

थप पढ्नुहोस् »

चीनमा ५.१ म्याग्निच्युडको भूकम्प

काठमाडौ,१२ भदौ। दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। चीन भूकम्प नेटवर्क केन्द्र (सीईएनसी)का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ बजेर १३ मिनेटमा सिचुआनको लोङचाङ सहरमा भूकम्प गएको हो। सीईएनसीका अनुसार भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्पको गहिराइ १३ किलोमिटर रहेको जनाइएको छ। भूकम्पबाट हालसम्म … Continue reading चीनमा ५.१ म्याग्निच्युडको भूकम्प

थप पढ्नुहोस् »

रसुवा क्षेत्रमा पुनः बाढी, तत्काल सुरक्षित स्थानमा जान धादिङ प्रशासनको आग्रह

काठमाडौ,१२ भदौ । जिल्ला प्रशासन कार्यालय धादिङले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल बस्ती खाली गरी सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार रसुवा क्षेत्रमा बाढी आइसकेकाले त्यसको प्रभाव धादिङका तल्लो तटीय क्षेत्रमा समेत जुनसुकै बेला पर्न सक्ने जोखिम छ। सम्भावित जनधनको क्षति … Continue reading रसुवा क्षेत्रमा पुनः बाढी, तत्काल सुरक्षित स्थानमा जान धादिङ प्रशासनको आग्रह

थप पढ्नुहोस् »